
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
आज (सोमबार) बिहानैदेखि देशभर सामान्य तथा आंशिक बदली भईरहेको छ । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । साथै प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि बदलि रहनेछ।
प्रदेश-१, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार राती भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।
गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्