१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु


598
Shares

हेटौंडा । द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया स्थित घटटेपाखामा काठमाडौं – तराई द्रुतमार्गको सडक निर्माणको क्रममा सोमबार लोडर दुर्घटना हुँदा तीन चिनियाँ कामदारको मृत्यु भएको हो ।

घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृतक र घाइतेको पहिचान खुलेको छैन । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।