
एजेन्सी । अमेरिकाको न्यूयोर्कमा भइरहेको हलीउड फेशनको सबैभन्दा ठूलो कार्यक्रम ‘मेट गाला २०२२’ मा सम्पूर्ण कलाकारहरू उपस्थित भएका छन् ।
सेलीब्रेटीहरु एक से एक आकर्षक पहिरनमा देखिएका छन् । ती मध्ये किम कर्दासियन पनि मेट गाला २०२२ मा प्रेमीसँग उपस्थित भइन् । यो पटक उनको ग्ल्यामरको भन्दा पनि शरीरको तौल कम गरेको विषयमा चर्चा भैरहेको छ ।किमले मेट गालामा मर्लिन मोनरोको आइकोनिक लुकलाई रिक्रियट गरिन् । किमले मर्लिन को त्यहि पहिरनमा फिट हुनका लागि अत्याधिक मिहिनेत गरेर २१ दिनमा ७ किलो तौल कम गरेकी छिन् ।
किमले लगाएको यो पहिरनले मर्लिन मोनरोको याद दिलाउँछ , जसलाई मर्लिनले सन् १९६२ मे १९ मा मेडिसन स्क्वायर गार्डनमा राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा प्रस्तुती दिनका लागि लगाएकी थिइन् । त्यसको तिन महिना पछि उनको मुत्यु भएको थियो ।

किमले इन्टाग्राम मार्फत यो पहिरनमा आफ्नो तस्वीर सर्वजनिक गर्दै यो बारे स्पष्ट परेकी छन् । उनले भनेकी छन्, ‘ मर्लिन मोनरोको प्रतिष्ठित पोशाक लगाएर म असाध्यै सम्मानित महसुस गरिरहेको छु । यो आश्चर्यजनक स्क्रिनटाइट गाउन कोस्टुमियर जीन लुइसले ६ हजार क्रिस्टलहरूबाट तयार पारेका हुन्।’ उनले लगाएको यो पहिरनको मूल्य करिब ४.८ मिलियन अमेरिकी डलर अर्थात ५७ करोड रुपैयाँ भन्दा माथि पर्दछ । किम यो पहिरनमा फिट हुनका लागि निकै मेहनत गरेको बाताउँछिन् ।

न्युयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्युट’ का लागि ‘फण्ड’ संकलन गर्न आयोजना हुँदै आएको ‘मेट गाला २०२२’ सोमबारबाट भव्य रुपमा सुरु हुदै आएको छ । संसारकै ठूलो फेशन कार्यक्रमका रुपमा मनाउने गरिएको मेट गालाको यसपटकको आयोजनामा पनि सेलीब्रेटीहरु पछिल्ला बर्षझैँ नयाँ र अनौठो पहिरनमा सजिएका छन् । यस वर्ष मेट गालाको उद्देश्य ‘ग्ल्यामर एण्ड ह्वाइट टाई’ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्