
काभे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि एक बालक सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरी खतिवडाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।
दुर्घटनामा घाइते भएका १८ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटना मध्यान्ह करिब १२ बजेको समयमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्