२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उम्मेदवारले बाड्न लागेको जस्तापाता स्थानीयको नियन्त्रणमा


5.031k
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ का एमाले तर्फका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले वितरण गर्न लागेको जस्तापाता सहितको ट्रयाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् ।

निर्वाचन आचारसंहिता उलंघन गरेको आशंकामा स्थानीयले ४६ बन्डल जस्तापातासहित ट्रयाक्टर नियन्त्रणमा लिई प्रहरीका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत जानकारी गराएका छन् ।

बानियाँ यस अघि एमालेबाट उम्मेदवार रहि सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।