काठमाडौं, चैत्र २२ । कोरोना भाइरसको संक्रमण कारण विश्वमा साढे ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख ७२ हजार नाघेको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । त्यहाँ ८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
११ लाख ७२ हजारभन्दा बढी कोरोनाबाट प्रभावित भए पनि दुई लाख ४२ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४० हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १५ हजार ३ सयभन्दा छन् भने स्पेनमा ११ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७ सय नाघेको छ । इटालीमा संक्रमितको संख्या १ लाख १९ हजार ८ सय नाघेको छ ।
फ्रान्समा मृतकको संख्या ६५ सय नाघेको छ । बेलायतमा ४३ सय नाघेको छ । इरानमा मृतकको संख्या ३४ सय नाघ्दा चीनमा यो संख्या ३३ सय २६ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्