१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केशव स्थापितले बुझाए स्पष्टिकरण


1.833k
Shares

काठमाडौं । नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितले निर्वाचन आयोगमा लिखित स्पष्टीकरण बुझाउनुभएको छ ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्पष्टीकरण बुझाएको जानकारी दिदै लिखित स्पष्टीकरणको बारेमा अध्ययन भइरहेको बताउनुभयो ।

एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारको विषयमा सोधिएको प्रश्नमा प्रश्नकर्तालाई महिलालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति प्रति आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

यसैबीच आचारसंहिता मिचेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ । चुनावी सभा सम्बोधनका लागि भरतपुर जान लागेका देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

आचारसंहिताअनुसार निर्वाचनमा आफैं उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।