६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ट्रक र ई-रिक्सा ठोक्किँदा एक जनाको मृत्यु


169
Shares

बर्दिया । बर्दियामा ट्रक र ई(रिक्सा एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको ई-रिक्सा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ रानीपुरका पिउली धिताल रहेकी छन् । धितालको ठाकुरबाबा पोलिक्लिनिक भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रक चालक दाङ तुल्सिपुर उप-महानगरपालिका–४ का बसन्त नेपाली र ई-रिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दिपेन्द्र बिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।