
काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
स्पेनको मड्रिडमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई ३–१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६–५ ले विजयी भयो ।
दोस्रो लेग खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ९० औं मिनेटमा रियलका रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र, खेलको ९५ औं करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३–१ को जित दिलाउँदै रियललाई फाइनल उपाधि नजिक पुर्याए ।
रियलले अब उपाधिका लागि मे २९ मा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्