
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको छ ।
केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको प्रकाण्डले बताउनुभएको छ । पार्टी फुटाउने, जनक्रान्ति बिसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको जनाएको छ ।
यसअघि यही वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए ।
यसैगरी, केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष ईश्वरी दाहालको नेतृत्वमा वली र बास्तोला पक्षले बुधबार चितवनमा भेला गरेर विप्लव र प्रकाण्डलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए । उनीहरूले विप्लव सिद्धान्तबाट बिचलित भएर पार्टी तथा क्रान्तिलाई धोका दिएको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्