
काठमाडौं । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ ।
प्रदेश प्रमुख तिलक परियारले बिहीबार अधिवेशन अन्त्य गर्नुभएको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकामा उहाँले नेपालको संविधानको धारा १ सय ८३ को उपधारा (२) बमोजिम बिहीबार राति १२ बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्