१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयरका उम्मेदवार मदनदास श्रेष्ठलाई हिन्दु महासंघको साथ


377
Shares

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ ।

महासंघले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो । नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिनुभएको छ ।

कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः स्थापना हुने दाबी गर्नुभयो । उहाँले महादेवको कथा सुनाउँदै अब महादेवलाई एकपटक जगाउने बेला भएको बताउनुभयो । मेयरका उम्मेदवार श्रेष्ठले देशको शासन बाँदरले चलाइरहेको भन्दै अब राज्यमा सुशासन ल्याउन आवश्यक रहेको बताउनुभयो ।

मेयरका उम्मेदवार श्रेष्ठले भविष्यमा आफ्ना सन्ततीहरुको सपना साकार बनाउनका लागि अहिले बलिदान दिन पनि पछि हट्न नहुने बताउनुभयो ।