७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पाल्पामा जिप दुर्घटना, एकको मृत्यु, दुई जना घाइते


273
Shares

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा जिप धनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा चालक निस्दी गाउँपालिकाका २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका-३ का ४६ वर्षीय टुक नारायण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने खाम्चाको सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते दुबै जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ । जिप आफै अनियन्त्रित भई सडकदेखि ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।