१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिर्जना सिंहको जित हुन्छ : अध्यक्ष भट्टराई


2.873k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले जित्ने दाबी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सिंहको प्रतिष्पर्धीको नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिनुभयो ।

अध्यक्ष भट्टराईले संघीय राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति पछिको महत्वपूर्ण पद भएको बताउनुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रकाशमान भन्दा अगाडि सिर्जना सिंह सक्रिय राजनीतिमा आएकोले प्रकाशमानका कारण मेयरको टिकट दिएको भन्न नमिल्ने बताउनुभयो । उहाँले सिर्जना सिंह पहिला राजनीतिकर्मी र दोस्रोमा मात्र पारिवारिक पृष्ठभूमिमा जोडिने बताउनुभयो ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार सिंहले पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने बताउनुभयो ।