
काठमाडौं । एनएमबि बैंक र उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बीच सम्झौता भएको छ ।
बिहीबार एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता भएको हो । अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्