१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


शेरबहादुर देउवाले गरे पूर्वप्रधानमन्त्रीहरुसँग वार्ता, कोरोनाको संकटबाट देश र जनता जोगाउन आग्रह


0
Shares

काठमाडौं, चैत्र २३ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग वार्ता गरेको छन् ।

कोरोना भाइरसले देश र देशवासीमा निम्त्याएको संकट समाधानमा लागि के कसो गर्न सकिन्छ भनेर सबै पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन वार्ता गरिएको देउवाले जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका सभापति देउवाले पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई एवं मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग वार्ता गरेका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत टेलिफोन वार्ताको जानकारी देउवाले अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेको उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरें ।’

वार्तामा अहिलेको संकटबाट मुलुक र मुलुकवासीलाई जोगाउन अपील गरेको भन्दै उनले लेखेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु ।’