
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाउनु भएका मन्त्री उमेश श्रेष्ठ भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखको चुनावी प्रचारमा सहभागी हुनुभएको छ ।
भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेनु दाहाल, उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारी र वडाका अध्यक्ष तथा सदस्यहरुको लागि मत माग्दै श्रेष्ठ पनि हिँडिरहनु भएको छ ।
बिहीबार मात्र पाँचदलीय गठबन्धनले भरतपुरमा चुनावी सभा गरेको थियो । शुक्रबार बिहानैदेखि गठबन्धनले चुनावी घरदैलो कार्यक्रम गरिरहेको छ ।
त्यही क्रममा वडा ५, २ र १ मा भएको घरदैलो कार्यक्रममा श्रेष्ठ सहभागी हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्