
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बिगतमा एमाले अध्यक्ष केपी ओलीको हातमा सत्ता जानु मकै बारीमा बाँदरलाई कुरुवा राखे जस्तै भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीको पार्टीलाई बहुमत दिएर सरकार सञ्चालन गर्न दिएपनि मकै बारीमा बाँदरलाई कुरुवा राखेजस्तै भएको बताउनुभएको हो । ओलीले संविधान र लोकतन्त्र खाएर देशलाई प्रतिगमनतिर लगेको उहाँले बताउनुभयो । उहाँले फेरीपनि प्रतिगमन हुनसक्ने भन्दै गठबन्धनको एकतामा जोड दिनुभयो ।
उहाँले गठबन्धनले संघीयतालाई कार्यान्वयन गर्दै देशमा सुशासन ल्याउनुपर्ने बताउनुभयो । तिनै तहको सरकारलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन गठबन्धनले ध्यान दिनुपर्ने उहाँको भनाई छ । पारदर्शी रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले गठबन्धनको उम्मेदवारहरुलाई जिताउन आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्