
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ ।
मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरात पुछारमा रहेको मुम्बई इन्डियन्ससँग ५ रनले पराजित भएको हो ।
जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।
गुजरातका लागि ऋद्धिमान साहले ५५ रनको अर्धशतकीय इनिङ खेले । सुबमन गिलले ५२ रनको अर्धशतकीय इनिङ खेले । हार्दिक पाण्डय २४ तथा साई सुदर्शन १४ रनमा आउट भए । डेभिड मिलरले अविजित १९ रन बनाए । मुम्बईका मुरुगान आश्विनले २ तथा केइरन पोलार्डले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । टिम डाभिड ४४ रनमा अविजित रहदा कप्तान रोहित शर्माले ४३ रन जोडे । गुजरातका राशिद खानले २ विकेट लिए । यसैगरी, अल्जारी जोशेफ र प्रदीप सांगवानले १–१ विकेट लिए ।
जितसँगै मुम्बई १० खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ । १६ अंकका साथ गुजरात शीर्ष स्थानमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्