
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच दिउँसो पौने ४ बजे प्रतिस्पर्धा हुनेछ ।
आज दुवै टोली जितको खोजीमा रहेका छन् । हैदरावाद १० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने बैंगलोर १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसैगरी, दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सबीच राति पौने ८ बजे प्रतिस्पर्धा हुनेछ ।
चेन्नई ६ अंक जोडेर नवौं स्थानमा रहेको छ भने दिल्ली १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्