
काठमाडौं, चैत्र २४ । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैठक अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।
कोरोना भाइरसका कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन ।
चैत १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । राष्ट्रियसभा बैठक भने यसअघिनै अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्