
काठमाडौं । देशको जेठो स्वास्थ्य प्रदायक संस्था वीर अस्पताललाई चिकित्साजन्य उपकरण हस्तान्तरण गरिएको छ ।
काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण उपलब्ध गराएको हो ।
उपकरण हस्तान्तरण समारोहमा संस्थाका संरक्षक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विरामीको ठूलो चाप धान्दै आएको मुलुकको ऐतिहासिक अस्पताललाई उपचार सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालमा उपचार गर्न आउने अधिकांश विपन्न वर्गका जनता हुने भएकाले यस्ता उपकरणको सहयोगले उपचार सेवा थप प्रभावकारी हुने बताउनुभयो ।
सहयोग गरिएका उपकरणको बजार मूल्य आठ लाख पर्ने बताइएको छ । उक्त उपकरण अष्ट्रेलियास्थित अम्याजिङ प्यारेन्टस अष्ट्रेलियाको सहयोगमा प्राप्त भएको हो ।
प्रतिक्रिया दिनुहोस्