८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


श्रीलंकामा प्रधानमन्त्रीको राजीनामापछि झन् सडक प्रदर्शन चर्किंदै

हिंसामा ५ जनाको मृत्यु, १९० घाइते

1.157k
Shares

काठमाडौं । आर्थिक संकटले ग्रस्त श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् ।

तर प्रधानमन्त्रीको राजीनामापछि पनि सडक प्रदर्शन झन् चर्किएको छ । सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको निवासमा आगो लगाईदिएका छन् । सरकारका अन्य मन्त्रीहरुका निवासमा पनि आगजनी गरेका छन् । प्रधानमन्त्री निवासमा भीड ओइरिएपछि राजपाक्षे निवास भित्रबाट प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको छ ।

घटनामा कम्तिमा ५ जनाको ज्यान गएको छ भने १ सय ९० जना घाइते भएका छन् । राजधानी कोलम्बोमा भड्किएको प्रदर्शन र झडप नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । एक साता भन्दा लामो समयदेखि भईरहेको सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री राजपाक्षेले राजिनामा दिएका हुन् ।

प्रधानमन्त्री महिन्दा राजपाक्षेले ट्वीटर मार्फट आफूले राष्ट्रपति गोताबाय राजपाक्षे समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । तर राष्ट्रपति कार्यालयले भने प्रधानमन्त्रीको राजीनामाका विषयमा भने कुनै प्रतिक्रिया दिएकाे छैन्। प्रदर्शन र झडप राजधानी बाहिर पनि फैलिएको छ । राजधानी बाहिर भएको झडपमा एक जना सांसदको पनि ज्यान गएको बताइएको छ ।

प्रदर्शनकारीले मन्त्रीहरु र राजपाक्षे दाजु-भाइको शासनका समर्थक अधिकारीहरुका घरमा पनि आगजनी गरिरहेका छन् ।