१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा सुरक्षा व्यवस्थामा कडाई


546
Shares

स्याङ्जा । स्याङ्जामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

पुतलीबजार नगरपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, रचापाकोट नगरपालिका रहेका छन्। साथै ६ वटा गाउँपालिका फेदिखोला गाउँपालिका, विरुवा गाउँपालिका, आँधिखोला गाउँपालिका, हरिनास गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र कालिगण्डकी गाउँपालिका रहेका छन् ।

स्याङ्जामा ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृतसहित १० निर्वाचन अधिकृत स्थानीय निर्वाचनका लागि खटिएका छन्। जिल्लाभर १ सय ९९ मतदानस्थल र ३ सय १८ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत वसन्त राज पौडेल बताउनुभयो । जिल्लाभर २ लाख ४० हजार ५ सय ३५ मतदाता रहेका छन् ।

तीमध्ये १ लाख २३ हजार ८ सय ६८ महिला र १ लाख १६ हजार ६ सय ६६ पुरुष तथा एक अन्य रहेका छन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि सुरक्षा निकाय साथै सञ्चार माध्यम र पत्रकारको विशेष भुमिका रहने पौडेलले बताउनुभयो।

जिल्लामा सुरक्षा व्यवस्था निम्ति म्यादी प्रहरी १ हजार ६ सय २४, नेपाल प्रहरी ९ सय ६०, सशस्त्र प्रहरी ३ सय ३७ र नेपाली सेना ३ सय ३० रहेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताउनुभएको छ।