
काठमाडौं । श्रीलंकाली सरकारले देशमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश समेत दिएको छ ।
सरकारले देशमा सार्वजनिक सम्पत्ति लुटपाट गर्न खोज्न जो कोहीलाई गोली हान्न सक्नेसम्मको अधिकार श्रीलंकाली सेनालाई दिएको छ ।
यसैबीच, राजधानी कोलोम्बो लगायत अन्य शहरहरूमा दशौं हजार सेना, नौसेना, र वायु सेनाका कर्मचारी तैनाथ गरिएको छ ।
यसअघि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यू घोषणा गरेको केही घण्टामै कानुन परिवर्तन गरी सरकारका विरूद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यूको घोषणा गरेको थियो ।
कर्फ्यूका क्रममा पनि हिंसात्मक गतिविधि नरोकिएपछि गोली हान्न सक्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ । प्रदर्शनकारीले भने राष्ट्रपतिको राजीनामा नआएसम्म आन्दोलन जारी नै राख्ने जनाएका छन् ।
श्रीलंकामा केही दिनयता आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारण प्रधानमन्त्री महिन्दा राजपाक्षेले गत सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।
प्रदर्शनकारीमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ । प्रदर्शनकै क्रममा सडकमा पार्किङमा राखिएका सवारीसाधन तालमा फालेर विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्