१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकाबिहानै कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


949
Shares

काठमाडौं । काठमाडौंको कलंकीमा बुधबार बिहान ३ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ७३४५ नम्बरको टिपरले ठक्कर दिँदा धादिङको धुनिवेशी नगरपालिका–२ बस्ने ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।