
काठमाडौं । पछिल्ला दुई दिन लगातार बढेको शेयर बजार कारोबार हुने साताको चौथो दिन पनि बढेको छ ।
बुधबार बजार परिसूचक नेप्से ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स ९.५२ अंकले बढ्दा ४५६.६६ विन्दुमा उक्लिएको छ ।
जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर तीन अंकले बढ्दा बैंक, व्यापार, होटल तथा पर्यटन, फाइनान्स, उत्पादन, अन्य समूह दोहोरो अंकले उकालो लागेका छन् ।
म्यूचल फन्ड र लगानी समूह सामान्य रूपमा बढेका छन् ।
बुधबार १० भन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम बढेको छ । मंगलबार १ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको थियो ।
यसदिन २ सय २९ कम्पनीका ५३ लाख ३३ हजार १ सय ९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ कारोबार भएको छ ।
बुधबार १ सय ९२ वटा कम्पनीको मूल्य उकालो लाग्दा २ कम्पनीको मूल्य ओरालो लाग्दा र १ कम्पनी स्थिर रह्यो ।
प्रतिक्रिया दिनुहोस्