
काठमाडौं । बेलायतले स्वीडेन र फिनल्याण्डसँग पारस्पारिक सुरक्षा सम्झौता गर्न सहमति जनाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेटोमा सामेल हुने बहसकाबीच सम्झौतामा हस्ताक्षर गर्न दुवै देशको भ्रमण गर्नुभएको हो । सहमतिसँगै ती देशहरुमा आक्रमण भए उनीहरुले सहयोग गर्ने छन् । फिनल्याण्ड र स्वीडेनले संकटमा बेलायतलाई सहयोग गर्न पनि सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।
नाटाको सस्दस्यता लिने वा नलिने भन्ने बारेमा फिनल्याण्डले निर्णय नलिएको अवस्थामा बेलायतसँग भएको सम्झौतालाई महत्वका साथ हेरिएको छ। सम्झौतालगत्तै भएको पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री जोनसनले सैन्य सहायता प्रस्ताव गरेपनि स्वीडेन र फिनल्याण्डको अनुरोधमा निर्भर हुने बताउनुभयो ।
यता फिनल्याण्डको सम्भावित सदस्यताका लागि नाटोको खुला नीतिलाई बेलायतको बलियो समर्थन रहेको बताइएको छ । तर फिनल्याण्डले भने नाटोमा सामेल हुँदा कसैको विरुद्धमा आफ्ना गतिविधिहरु नहुने स्पष्ट पारेको छ ।
बेलायतले भने रुसको व्यवहारमा फिनल्याण्ड र स्वीडेनले नाटोको सदस्यता लिने वा नलिने भन्ने टुंगो लाग्ने बताउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्