७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बर्दियामा निर्वाचनको सबै तयारी पूरा


195
Shares

बर्दिया । बर्दियामा शुक्रबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ ।

बर्दियाका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियाका मुख्य निर्वाचन अधिकृत लोक जंग शाहका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारीहरु खटिएको र मतदानका लागि आवश्यक पर्ने सामाग्री पुर्याउनुका साथै वडाको सर्वदलीय छलफल समेत सकिएको हो ।

साथै शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने मतदान कार्यक्रमको तयारी गराएको मुख्य निर्वाचन अधिकृत शाहले बताउनुभयो । मतदान केन्द्रमा बुथ निर्माण, मतगणना स्थलमा सीसी क्यामेरा जडानसँगै अन्य तयारी समेत सकिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।