
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको २ हजार ८१७ परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बिहिबार १८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने अहिले देशैभर गरेर १७३ जना सक्रिय स्रंक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्