१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरका मतदान स्थलमा तयारी पूरा


91
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थलमा आवश्यक सामग्रीहरु पुर्‍याइएको छ ।

काठमाडौंका विभिन्न मतदानस्थलमा पनि तयारी पुरा भएको छ । काठमाडौंमा ३ सय २० वटा मतदानस्थल अन्तर्गत ७५९ मतदानकेन्द्र तय गरिएको छ ।

हरेक मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी पहिलो घेरामा रहने छन् भने दोश्रो घेरामा सशस्त्र प्रहरी रहने ब्यबस्था मिलाइएको छ । तेश्रो घेरामा रहने नेपाली सेनालाई भने आवश्यक परेको खण्डमा परिचालन गरिने छ ।

निर्वाचन आयोगले मतदानस्थलको हकमा एकजना प्रमुख मतदान अधिकृत र अन्य चार जना सहायक अधिकृत सहित ५ जना कर्मचारी खटिने ब्यबस्था गरेको छ भने हरेक मतदान केन्दमा पनि सोही संख्यामा कर्मचारी परिचालन गरिएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएकाहरुले परिचय खुल्ने जुनसुकै कागजातको आधारमा मतदान गर्न दिने भएपछि मतदाताहरु आफ्नो नामको खोजी गर्न मतदान स्थलमा पुगेर सोधखोज गर्ने गरेका छन् । मतदाता शिक्षा अभावका कारण केही मतदाता भने मतदान गर्ने तरिका समेत बझ्न आउने गरेका छन् ।