१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दबावमा नपरी मतदान गर्न मानवअधिकार आयोगको अनुरोध


104
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनमा आफ्नो अधिकारको बारेमा सचेत रहँदै कसैको दबावमा नपरी मतदान गर्न मतदातालाई अनुरोध गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरी निर्भिकताका साथ आफूले उपर्युक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

त्यस्तै आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले राष्ट्रिय मानव अधिकार आयोगले गरेको पूर्व अनुगमनबाट स्थानीय तहको निर्वाचनमा महिला र दलितको उम्मेदवारी अत्यन्तै न्यून रहेको बताउनुभयो ।

मौन अवधिमा मुख्य राजनीतिक दलले नै आचारसंहिता उल्लंघन गरेको पाइएको खरेलको भनाइ छ ।

निर्वाचन पूर्व अनुगनमा अधिकांश जिल्लामा राजनीतिक दलबीच सद्भाव देखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलबीच झडपका साथै सवारीमा आगजनी जस्ता घटना भएका थिए ।

आजसम्म ४५ वटा टोलीले अनुगमन गरिरहेको निर्वाचन आयोगको तत्थ्याङ्क छ ।