१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका पाँच मुख्य शहरमा सेनाको हेलिकप्टरसहितको जगेडा फौज परिचालन


13.156k
Shares

सुनसरी । नेपाली सेनाले काठमाडौं र इटहरी सहित देशका पाँच मूख्य स्थानमा हेलिकप्टरसहितको जगेडा फौज परिचालन गरेको छ ।

स्थानीय तह निर्वाचन सफल बनाउन सेनाले काठमाडौं, इटहरी, बर्दिवास, पोखरा र सुर्खेतलाई केन्द्र बनाएर हेलिकप्टरसहितको जगडा फौज परिचालन गरेको सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।

आवश्यकता अनुसार हेलिकप्टरबाट गस्ती गर्ने, सुरक्षा अपुग भएका स्थानमा थप सुरक्षा फौज ओसारपसार गर्ने पनि उहाँले बताउनुभयो ।

नेपाली सेनाले प्रदेश १ का ताप्लेजुङ, खोटाङ, भोजपुर, पाँचथर, इलाम, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा पनि निर्वाचनमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै सेनाको हेलिकप्टर परिचालन गरिएको प्रवक्ता सिलवालले जानकारी दिनुभयो ।

निर्वाचनको सम्पूर्ण सुरक्षाका लागि सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरी ब्यारेकमा तैनाथ गरिएको छ ।

जुनसुकै मतदानस्थलमा निर्वाचन विरोधी गतिविधि भए सेनाको हेलिकप्टरले थप शान्ति सुरक्षाको व्यवस्था गर्ने उहाँको भनाइ छ । देशभरका अति संवेदनशील मतदान केन्द्रहरूमा सेनाको हेलिकप्टर मार्फत हवाइ गस्ती समेत गरिने सिलवालले बताउनुभयो ।

काठमाडौं बाहेकका स्थानमा ६ सिटे सेनाको हेलिकप्टर बन्दोबस्तीका सामग्री सहित तयारी अवस्थामा राखिएको छ । आवश्यक परेकोे खण्डमा सैनिक मुख्यालयमा रहेका हेलिकप्टरले थप सुरक्षा प्रदान गर्ने प्रवक्ता सिलुवालले जानकारी दिनुभयो ।