१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विवेकपूर्ण मतदान गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको अपिल


143
Shares

काठमाडौं । स्थानीय तहको चुनाव जनताको दैनिकीसँग सरोकार राख्ने जनप्रतिनिधिको चयन भएकाले विवेकपूर्ण मतदानका लागि पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले अपिल गरेका छन् ।

मतदानप्रति नेपाली जनताको सचेतता अत्यन्त सुझवुझपूर्ण हुने गरेको भन्दै उनीहरूले त्यो उत्साह र उमंगलाई निरन्तरता दिन भनेका छन् ।

यतिबेला मतदान केन्द्रदेखि बुथसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । अब सबैमा मतदान घडीको अधैर्य प्रतिक्षा रहेको छ । सुरक्षा संयन्त्रले मतदाताको सुरक्षामा कुनै जोखिम नरहेको बताएको छ । तोकिएका केन्द्र र बुथमा सम्पूर्ण तयारी सकिएको छ ।

अबको केही दिनमै ७ सय ५३ स्थानीय निकायले नयाँ नेतृत्व पाउँदैछ । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ स्वायत्त सहितको आयोग नेतृत्वमा निर्वाचन हुन लागेकोले विना भय, उत्साहपूर्वक सही नेतृत्व चुन्न आव्हान गर्नुहुन्छ ।

अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ ७ दशकको इतिहास बोकेको दक्ष व्यवसायिक जनशक्ति भएको आयोगका लागि यो चुनाव विगतको कमीकमजोरी सुधार गर्ने मौका भएको बताउनु हुन्छ ।

युवा वर्गको सहभागिता बढेको भन्दै उहाँले ठूला दलले माथिबाट टप्प टिप्ने प्रथालाई चुनौति दिन पनि स्वतन्त्र उम्मेदवार देखिएको विश्लेषण गर्नुहुन्छ ।

पूर्व प्रमुख आयुक्त श्रेष्ठकाअनुसार स्थानीय निकायको चुनाव स्थानीय तहको विकासको मेरुदण्ड भएकाले चुनावमा जनचासो र सहभागिता बढ्नु स्वाभाविक हो ।

अब हुने चुनावमा चुनावी प्रक्रिया थप प्रविधियुक्त, पारदर्शी आर्थिक प्रणाली र कम खर्चिलो बनाउने चुनौती रहेकाले यसतर्फ सरोकारवालाहरुको ध्यान जानुपर्ने उहाँहरुको निष्कर्ष छ ।