८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमाले अध्यक्ष ओलीले गरे मतदान


247
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।

ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने दाबी गर्नुभएको हो ।

नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उहाँले भन्नुभयो, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’