८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सर्लाहीमा हवाई फायर, रोकियो मतदान


2.288k
Shares

सर्लाही । जिल्लाको रामनगरमा हवाई फायर भएको छ ।

रामनगरको पुरानो गाविस भवन मतदान केन्द्रमा ढुंगामुढा भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको हो ।

ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन् भने अहिले मतदान रोकिएको छ ।

स्थिति शान्त भएसँगै सर्वदलीय बैठक बसेर मतदान सुरु गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।