
काठमाडौं । देशभर ४२ प्रतिशत मतदान सम्पन्न भएको छ ।
दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
देशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको उहाँले बताउनुभयो । यद्यपि केही ठाउँमा भने झडप र गोली चल्नेसम्मका घटनाहरू भएका छन् ।
केही स्थानहरुमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्