
बर्दिया । बर्दियामा ५५ प्रतिशत मत खसेको छ ।
८ वटा पालिका रहेको जिल्लामा दिउँसो ४ बजेसम्म ५५ प्रतिशत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो ।
स्थानीय सरकारका प्रतिनिति चुन्न ज्येष्ठ नागरिक, अपाङ्गता भएका र सामान्य नागरिकले उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् ।
जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि चुस्त रहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
जिल्लामा कुल ३ लाख ११ हजार ४ सय १० कुल मतदाता रहेका छन् । जिल्लाभर १ सय ५३ वटा मतदानस्थल र ३ सय ७१ वटा मतदान केन्द्र छन् ।
प्रतिक्रिया दिनुहोस्