
कैलाली । कैलालीमा स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ ।
शुक्रबार जिल्लाको १३ वटै पालिकामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो ।
निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । मतगणनाको कार्य शनिबारबाट सुरु हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कैलारी गाउँपालिकामा ७८.१२ प्रतिशत मत खसेको छ । जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ मत खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । यसैगरी, बर्दगोरिया गाउँपालिकामा ६७.३९ प्रतिशत मत खसेको छ । जम्मा मतदाता सङ्ख्या २२ हजार १८१ रहेकोमा १४ हजार ९४३ मत खसेको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिनुभयो ।
यस्तै, चुरे गाउँपालिकामा ६६ प्रतिशत मत खसेको छ । जम्मा मतदाता ११ हजार ९२३ रहेकोमा सात हजार ८७३ मत खसेको निर्वाचन अधिकृत राइभान कुञ्जेडाले जानकारी दिनुभयो । गौरीगङ्गा नगरपालिकामा २६ हजार ८७६ मत खसेको छ । सो पालिकामा मतदाता सङ्ख्या ३९ हजार ५० रहेको छ ।
लम्कीचुहा नगरपालिकामा ६५ देखि ७० प्रतिशत, जानकी गाउँपालिकामा ६० देखि ६५ प्रतिशत, जोशीपुरमा ७० देखि ७५ प्रतिशत मत खसेको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।
त्यस्तै, गोदावरी नगरपालिकामा जम्मा ५५ हजार ५९२ मतदाता रहेकोमा करिब ३४ हजारको हाराहारीमा मत खसेको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो ।
कैलालीमा १३ वटा पालिका छन् ।
प्रतिक्रिया दिनुहोस्