
Web Pic
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
३ जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्कीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्