
कैलाली । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ ।
उपमहानगरको मेयरमा ९ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
उपमहानगरपालिकामा शुक्रबार भएको मतदानमा झण्डै ६५ प्रतिशत मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्