
पोखरा । पोखरा महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरु भएको सर्वदलीय बैठक लम्बिएपछि मध्यान्ह १२ बजेसम्म पनि गणना सुरु हुन नसकेको हो । दिउँसो २ बजेदेखिमात्र गणना सुरु हुन सक्ने जनाइएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदानमा पोखरामा करिब ६५ प्रतिशत मत खसेको थियो ।
पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेको पोखरास्थित निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
पोखराको मतगणना सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृत कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा र जिल्ला समन्वय समितिको सभाहलमा गरिने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्