
स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरतर्फ नेपाली कांग्रेस उम्मेदवार हेमा न्यौपानेले २५८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेबाट उम्मेदवारले १६८४ मत प्राप्त गरेका छन् । ११ वटा वडा रहेको गल्याङ नगरपालिकामा अहिले १,२,३ न. वडाको मत गणना हुँदै छ।
प्रतिक्रिया दिनुहोस्