
फाइल तस्वीर ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वडा डडेल्धुरामा कांग्रेस पराजित भएको छ ।
प्रधानमन्त्री देउवाको घर रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर देउवाले पराजय व्यहोर्नु परेको छ । सो वडामा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
वडाध्यक्षमा निर्वाचित भण्डारीले ६ सय ७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार देउवाले ५ सय ४४ मत ल्याएका थिए । देउवाको गृह जिल्लामा कांग्रेस पार्टीमा बिवाद रहेको छ । गाउँपालिकामा कांग्रेस बिरुद्ध, नेपाली कांग्रेस बीपीले एमालेसँग गठबनधन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्