
बर्दिया । गुलरिया नगरपालिका वडा न. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
नेकपा एमालेका रामसुमिरन यादवलाई ३३५ मतले पछिपार्दै कांग्रेसका जोगीराम थारुको प्यानल विजयी भएको हो ।
थारुले १ हजार ३३९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी एमालेका यादवले १ हजार ४ मत प्राप्त गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रले २ सय ४८ मत प्राप्त गरेको छ । कुल ३ हजार ८८ खसेको मतमध्ये ९८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्