१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा गोपाल हमालको अग्रता कायमै


1.859k
Shares

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै रहेको छ ।

पछिल्लो प्रारम्भिक परिणाम अनुसार तीन सय मतगणना हुँदा हमालले १४३ मत प्राप्त गर्नुभएको छ । यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९२, नेकपा एमालेका रणबहादुर चन्दले ११ मत प्राप्त भएको छ ।

हमाल र वडबीच ५१ मतको अन्तर देखिएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।

मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ । उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ । चासोको साथ हेरिएको उपमहानगरपालिको मतगणनास्थल बाहिर पनि कडा सुरुक्षा व्यवस्था गरिएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।