
एजेन्सी । शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमिरेट(युएई)का नयाँ राष्ट्रपति चुनिएका छन् ।
पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायदसन् २०१४ बाट सौतेनी दाइको नाममा युएईको वास्तविक कार्यकारी अधिकार अभ्यास गर्दै आइरहेका छन् ।
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति तथा अबुधाबीका राजा (अमिर) शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको थियो ।
खलिफा बिन जायदको मृत्यु भएको एक दिनपछि नै आज देशको संघीय सर्वोच्च परिषद्ले शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो ।
योसँगै मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात स–साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेटका तेस्रा राष्ट्रपति चुनिएका छन् । युएई एक साना मुलुकहरू सम्मिलित फेडेरेसन राष्ट्र हो । यसको शासनको लागि सात सदस्य एमिरेटका राजा(अमिर) सम्मिलित रहने संघीय सर्वोच्च परिषद् निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्