
पोखरा । पोखरा महानगरपालिकाको प्रारम्भिक नतिजामा मेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।
पोखराको वडा १ र १२ को कुल १ सय ५० मत गणनाको प्रारम्भिक नतिजामा मेयर उम्मेदवार कृष्ण थापाले गठबन्धनका उम्मेदवारलाई पछि पार्नुभएको छ ।
कृष्ण थापाले ६१ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)बाट मेयरका उम्मेदवार धनराज आचार्यले ५० मत प्राप्त गर्नुभएको छ ।
२०७४ सालको स्थानीय तह चुनावमा पोखराको वडा १ एमाले र वडा १२ कांग्रेसले वडाध्यक्ष विजयी हुनुभएको हो ।
पोखरा महानगरको मतगणता दिउँसो करिब ४ बजेदेखि सुरु भएको हो । मतगणना सहिदचोकस्थित जिल्ला समन्वय समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्