१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता


949
Shares

काठमाडौं । मन्थली नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

मन्थली नगरपालिकाको वडा नम्बर १ मन्थली र वडा नम्बर १४ फुलासीको मतगणना सम्पन्न हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठले १ हजार ४ सय ७६ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै, कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार विनोद कार्कीले १ हजार २ सय ६७ र माओवादीका उम्मेदवार दीपक प्रसाईले ४ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

यसअघि वडा नम्बर १ को मन्थलीमा भने कांग्रेस र वडा नम्बर १४ को फुलासीमा नेकपा एमालेका वडाअध्यक्ष विजयी भएका थिए ।