२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरान १ र ३ मा कांग्रेसको प्यानल विजयी


299
Shares

सुनसरी । धरान उपमहानगरपालिकाको वडा नम्बर १ र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

वडा नम्बर १ मा कांग्रेसका यज्ञमणि आचार्य र वडा नम्बर ३ मा बिध्या शाक्य विजयी हुनुभएको छ । आचार्यले ७ सय ५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका रोशन अधिकारीले ७ सय ३ मत प्राप्त गर्नुभयो ।

वडा ३ मा विजयी बनेका शाक्यले एक हजार ४२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका सुयोग पाखृन ले ६ सय २५ मत प्राप्त गर्नुभयो ।